लायन्स मणिमुकुन्द युथमा पदस्थापन

908

लायन्स मणिमुकुन्द युथमा पदस्थापन

लायन्स क्लब अफ मणिमुकुन्द युथको चौथो पदस्थापन तथा पदक वितरण कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा वर्ष २०१९/२० का अध्यक्ष लक्ष्मण कुंवरले वर्ष २०२०/२१ का अध्यक्ष यदुमणी पोख्रेललाई पद हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा लायन्स मल्टीपल डिस्टिक ३२५ का काउन्सील चियर पर्सन सुनिल ओझा, डिष्ट्रिक एडभाईजर पुरुषोत्तमभक्त प्रधानाङ्ग, डिष्ट्रिक एम्वेस्टर अफ गभर्रनर लेखबहादुर कार्की, क्वलका संस्थापक अध्यक्ष कमल थापा क्षेत्री, पुर्वअध्यक्ष कृष्णप्रसाद नेपाल, भूपेन्द्रवहादुर थापा (हरी), लियो क्लब अफ मणिमुकुन्द युथका सस्थापक अध्यक्ष सन्तोष खरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा अवसरमा काउन्सीलका चियर पर्सन वझाले सामाजिक कार्यमा क्वलले महत्वपुर्ण भूमिका निर्वाह गरेको वताउदै आगामी दिनमा पनि उत्कृट कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पोखरेलले वार्षिक कार्ययोजना पेश गर्नुभएको थियो । सचिव माधव ढकाल र लेखनाथ वस्यालले सरकारले निर्देशन गरे अनुसार दुरी कायम गरी कार्यक्रम गरिएको जानकारी दिनुभयो । क्लबका प्रथम उपाध्यक्ष सन्तोषमान सिमाङगैडाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सामाजिक काममा कृयाशिल क्लवले क्लवका सदस्य बिनोद बस्याल दुर्घटनामा परि उपचार गर्दा नगद १ लाख रुपैंया सहयोग गरेको थियो । त्यस अवसरमा क्लबका संस्थापक अध्यक्ष थापाले छोटो समयमा क्लबले राम्रा राम्रा काम गर्न सफल भएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।