लायन्स बुटवल युथमा नयाँ कार्यसमितिलाई पद हस्तान्त्रण

910

लायन्स बुटवल युथमा नयाँ कार्यसमितिलाई पद हस्तान्त्रण

लायन्स क्लव अफ बुटवल युथमा नयाँ निर्वाचित कार्यसमितिलाई पद हस्तान्त्रण गरिएको छ । बुधबार साँझ बुटवलमा आयोजना गरिएको एक कार्यक्रमका बिच नयाँ कार्यसमितिलाई पद हस्तान्त्रण गरिएको हो ।
सामाजिक सेवाका लागि बुटवलमा कृयाशिल लायन्स क्लव अफ बुटवल युथमा वर्ष २०२०/२०२१ का लागि कमालुद्धिन मियाँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । जसको प्रथम उपाध्यक्षमा हरिकृष्ण अधिकारी, द्वितीय उपाध्यक्षमा हरिबिक्रम कुवँर, तृतीय उपाध्यक्षमा बिष्णुप्रसाद काफ्ले, सचिवमा सुरेस केसी, कोषाध्यक्षमा रबिन कार्की, सहसचिवमा अब्दुल करामत, सहकोषाध्यक्षमा प्रसान्त भट्टराई चयन हुनु भएको छ ।
त्यस्तैगरी क्लवको टेलट्वीस्टरमा राजेन्द्र श्रेष्ठ, बिआरओमा कृष्ण रिमाल, टेमरमा मनोज कानु, तथा डाईरेक्टरहरुमा मनमोहन गुभाजु, अशोक बर्मा, मोती काफ्ले, चङ्ख पुन, नियामद अली र अमिर रजालाई चयन गरिएको छ ।
क्लवको नयाँ कार्यसमितिलाई पद हस्तान्त्रणकालागि आयोजना गरिएको उक्त कार्यक्रममा लायन्स क्लवका पूर्व डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठ, डिष्ट्रिक स्ट्याटेजिक चिफहरु अर्जुनमान सैंजु, पुरुषोत्तमभक्त प्रधानाङ्ग, सुनिता बजिमयीले नयाँ कार्यसमितिलाई शुभकामना सहित लायन्स क्लव अफ बुटवल युथले स्थापनाको छोटो समयमा उल्लेखनीय तथा प्रसंशायोग्य काम गरेको बताउनु भएको थियो ।
त्यस अवसरमा क्लवका निवर्तमान अध्यक्ष दिपकप्रसाद श्रेष्ठले क्लवका पदाधिकारी तथा सदस्यहरुको साथ र सहयोगकै कारण डिष्ट्रिकमा मुल्यांकन हुनेगरी काम गर्न सफल भएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि आफ्नो शक्तिले भ्याएसम्म क्लवले अंगाडी सारेका काममा साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तैगरी नवनिर्वाचित अध्यक्ष कमालुद्धिन मियाँले सामाजिक सेवाकालागि आफू र आफ्नो टिम नयाँ जोस जागर र उत्साहका साथ आएको बताउँदै लायन्स क्लवको गरिमा र साख अझै माथि उठाउने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्वलका संस्थापक अध्यक्ष जाकिर हुसेन, पूर्व अध्यक्ष जमिल खाँ, भेषराज गैरे, पूर्व अध्यक्ष तथा निर्वाचित समितिका संयोजक अशोक गुरुङ्, उपाध्यक्ष हरिकृष्ण अधिकारी, निवर्तमान सचिव बिष्णु काफ्ले, नवनिर्वाचित सचिव सुरेस केसी लगायतले भनाई राख्नुभएको थियो ।