पहिरोमा परि गुल्मीमा अठार महिने शिशुको मृत्यु, सात वर्षीया बालिका बेपत्ता

810

पहिरोमा परि गुल्मीमा अठार महिने शिशुको मृत्यु, सात वर्षीया बालिका बेपत्ता

पहिरोमा परेर गुल्मीमा १८ महिने शिशुको मृत्यु भएको छ । त्यस्तै सोही पहिरोमा परि ७ वर्षेया बालिका वेपत्ता भएकी छन् । गयरातीदेखि परेको अविरल बर्षाका कारण गुल्मीको ईस्मा गाउँपालिका वडा नं. १ मल्दीमा पहिरोले घर बगाउँदा बसन्त सारुको १८ महिने शिशु सुरजको ज्यान गएको हो । त्यस्तै सोही ठाउँका ईश्वरी खत्रीकी ७ वर्षीया छोरी अपेक्षा वेपत्ता भएकी छन् । पहिरोमा परि बसन्त सारु घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गएराती देखि परेको अविरल वर्षाका कारण सो ठाउँमा पहिरो गएको हो भने पहिरोमा परेकाको उद्धारकालागि प्रहरी तथा स्थानीय परिचालित भएको पनि प्रहरीले जनाएको छ ।