पार्टी भित्रबाट प्रधानमन्त्री र पार्टीको अध्यक्षबाट समेत राजिनामाको माग भएपछि प्रधानमन्त्री ओलीको बचाउ गर्दै बुटवलमा प्रदर्शन भएको छ । प्रधानमन्त्री ओलीको बचाउ गर्दै राजधानी काठमाण्डौ लगायतका शहरमा प्रदर्शन भईरहँदा बुटवलमा पनि मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश पाँचले प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री ओलीको बचाउकालागि गरिएको प्रदर्शनमा ओली समुहका र कतिपय वडा तहका जनप्रतिनीधि समेत सहभागि थिए । प्रदर्शनमा सहभागिले अस्थिरता चाहिदैन, सरकार ढाल्न पाईँदैन, भारतीय मतियार होसियार भन्दै नारावाजी गरेका थिए । प्रधानमन्त्री ओलीको बचाउ गर्दै भएको प्रदर्शन पछि मिलनचोकमा आयोजित कोण सभामा मदन भण्डारी स्पोर्टस एकेडेमीका प्रदेश अध्यक्ष नरबहादुर घर्ती, ध्रुव आचार्य, जिफन्टका नेता कमल गौतम लगायतले प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा अडान लिएकै कारण पार्टी बाहिरबाट र भित्रैबाट समेत प्रधानमन्त्रीबाट हटाउने खेल भएको दावी गर्नुभएको थियो ।