नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक चल्दैगर्दा उत्पन्न विवाद समाधानकालागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेट वार्ता भएको छ ।
सोमबार बिहान भएको एक्लाएक्लैको छलफलमा के सहमति भयो भन्ने एकिन नभएपनि अध्यक्ष प्रचण्डले सहमतिले सकारात्मक मोड लिएको संकेत गर्नुभएको छ । दुई अध्यक्षको सहमति पछि आज (सोमबार) तय गरिएको स्थायी कमिटी बैठक बुधबारसम्मलाई स्थगित गरिएको छ ।
यस अंगाडी सम्म सहयोगी नेताहरुको साथमा वार्ता गरेका प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बिच आज (सोमबार) भने एक्लाएक्लै वार्ता भएको थियो । यस अंगाडीसम्म भएका वार्तामा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछोड्ने अडान दोहो¥याउनु भएको थियो भने अध्यक्ष प्रचण्डले ओलीले प्रधानमन्त्रीबाट राजिनामा गर्नुपर्ने अडान लिनुभएको थियो ।
दुई अध्यक्षको आ–आफ्नै अडानका बिच दुई अध्यक्ष बिच सहमति नभई स्थायी कमिटी बैठक नराख्न नेताहरुले मध्येमार्गी सुझाव दिएका थिए । दुई अध्यक्ष बिच सहमति नभई बहुमतका आधारमा निर्णय लिन खोजीयो भने त्यहिबाट पार्टी विभाजनको विजारोपण हुने भन्दै नेताहरुले पार्टी फूट्न नदिनकालागि मध्येमार्गी सुझाव दिएका हुन् ।
अहिले प्रधानमन्त्री ओलीको सहमति बिना निर्णय गर्दा प्रधानमन्त्रीले पार्टी निर्णय नमान्ने र पार्टी विभाजन पनि हुने र संविधान नै संकटमा पर्ने भएकाले जे निर्णय गरेपनि सहमतिकै आधारमा गर्न दोस्रो तहका नेताहरुले दुई अध्यक्षलाई सुझाएका थिए ।
पछिल्लो समय प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष एकलौटी संगबाट अंगाडी बढेको भन्दै अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम लगायतका नेताहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा गर्नुपर्ने स्थायी कमिटी बैठकमा मा माग गरेका थिए । अधिकांश नेताहरुले प्रधामन्त्री ओलीले प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष दुबै पदबाट राजिनामा गर्नुपर्ने माग गरेपछि प्रधानमन्त्री ओलीले चलिरहेको बजेट अधिवेशन समेत अन्त्य गर्नुभएको थियो । प्रधानमन्त्रीको उक्त निर्णयको पार्टी भित्रैबाट चर्को आलोचना हुनुका साथै पार्टी विभाजन सम्बन्धि अध्यादेश ल्याउने त होईन भन्ने आशंका उत्पन्न भएको थियो ।