सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापालाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी)मा थापालाई नियुक्त गरेको हो ।
प्रहरी महानिरीक्षककालागि एआईजी थापा र हरिबहादुर पाल दौडमा थिए । यस अंगाडीका आईजिपी ठाकुर ज्ञवालीको ३० वर्षे सेवाहद सकिएपछि नयाँ आईजिपी थापालाई नियुक्ति गरिएको हो ।