नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित

513

नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थागित भएको छ । पार्टी आज (बुधबार) बस्ने भनीएको स्थायी कमिटी बैठकमा शिर्ष नेताहरुमा अझै सहमति नजुटेकाले यहि असार २६ गतेसम्मका लागि स्थगित गरिएको हो ।
यहि असार ११ गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठक आन्तरिक विवादका कारण पटक पटक स्थगित हुँदै आएको छ । बैठकको सुरुका दिनमा अधिकांश बोल्ने स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दुबै पदबाट राजिनामा गर्नुपर्ने माग गरेपछि आन्तरिक विवाद चुलिँदै गएको थियो ।
स्थायी कमिटि बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम लगायतका नेताहरु प्रधानमन्त्री ओलीको कार्यशैलीमाथी प्रश्न उठाउँदै दुबैपदबाट राजिनामा गर्नुपर्ने माग गरेका थिए ।
तर प्रधानमन्त्री ओलीको दुबैपदबाट राजिनामा नगर्ने अडान र ओली ईतरका नेताहरुको राजिनामा गर्नै पर्ने अडानका कारण पार्टी भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो । यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले चल्दैगरेको बजेट अधिवेशन समेत अन्त्य गरेपछि पार्टी भित्र तथा बाहिर समेत अनेकथरीका आशंका उत्पन्न भएको थियो ।
पार्टी भित्र उत्पन्न विवाद समाधान गर्नकालागि पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओली बिच सहमतिको प्रयास भईरहेको बताईएको छ । सहमतिको प्रयासकै कारण गत ११ गतेदेखिको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको र आज (बुधबार) तय भएको बैठक पनि २६ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको हो ।