रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबबाट बालकको ज्यान गएको छ । ट्रकको ठक्करबाट गम्भिर घाईते लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ महदेवाका ८ वर्षीय शिव लोध उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी गराएको छ ।
बुधबार साँझ हुलाकी सडक खण्डको महादेवामा पैदल यात्रा गरिरहेका लोधलाई पर्साबाट कपिलबस्तु तर्फ जाँदै गरेको लु १ ख ७७७० नम्बरको मिनि ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट दाहिने खुट्टा र बायाँ हातमा चोट लागि घाईते भएका उनलाई उपचारकालागि तत्कालै मेडिकल कलेज भैरहवा लगिएको थियो ।
उनको उपचारकै क्रममा बिहिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो । ठक्कर दिएको ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको पनि प्रहरीले जनाएको छ ।