शनिबार पनि बैंकहरु पूर्णकालिन रुपमा खुला राख्न नेपाल राष्ट्र बैंकको निर्देशन

1.1K

शनिबार पनि बैंकहरु पूर्णकालिन रुपमा खुला राख्न नेपाल राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले भोली शनिबार पनि बैंकहरु पूर्णकालिन रुपमा खुला राख्न निर्देशन गरेको छ । नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक बिदामा पनि क, ख र ग वर्गका बैंक तथा बित्तिय संस्थाहरुलाई निर्देशन गरेको हो ।
नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ । असार मसान्तमा राजस्व बुझ्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैंकका शाखाहरू खुला राख्न निर्देशन दिएको बैंकले जनाएको छ । बैंकसंगै भोली शनिबार क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस खुला रहनेछ ।
सरकारलाई तिर्नुपर्ने राजश्व तिर्न असार मसान्तसम्म शनिबार मात्रै नभएर सार्वजनिक बिकाका दिनमा पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकलाई खुला राख्न निर्देशन दिने गरेको थियो । अहिले कोरोना भाईरस (कोभिड–१९) संक्रमण फैलिन नदिनकालागि सरकारले लकडाउन गरेका कारण राजश्व संकलन प्रभावित भएको छ ।