छत्रकोटको बजेटमा काँग्रेसको बिरोध

412

छत्रकोटको बजेटमा काँग्रेसको बिरोध

गुल्मीको छत्रकोट गाउँपालिकाले ल्याएको बजेटमा बिरोध गर्दै नेपाली काँग्रेसले गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । गाउँपालिकाले एकपक्षीय रुपमा बजेट ल्याएर पास गरेको भन्दै काँग्रेसले बिरोध गरेको हो ।
गाउँपालिकाले प्रष्ट नखुलाईकनै बजेट बिनियोजन गरेको भन्दै नेपाली काँग्रेस छत्रकोटले गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थलाई ज्ञापन पत्र बुझाएको हो ।
बजेट बिनियोजन गर्दा एकीकृत नभई मनलाग्दी गरेको, कृषि बर्ष मनाउने घोषणा गरेपनि कार्यक्रम संचालनको स्पष्ट नीति नभएको, गाउँपालिकाका प्रत्येक कार्यक्रमलाई राजनीतिकरण गरेको, विकासका काममा सर्वपक्षीय हुनुपर्नेमा राजनीतिक आस्थाका आधारमा बाहेस गरेको काँग्रेसले आरोप लगाएको छ ।
नेपाली काँग्रेस छत्रकोटका सभापति धातानन्द भुसालले गाउँपालिकाले आफ्ना कार्यकर्ता पोस्नेगरी कार्यक्रम ल्याएको बताउँदै स्थानीय सरकारले आफैमाथि प्रश्न चन्ह खडा गरेको बताउनु भयो ।
त्यस्तै छायाँ सरकारका प्रमुख अनन्त पौडेलले गाउँपालिकामा नेतृत्व गर्ने व्यक्तिहरु नसुध्रिए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले बजेटमा भएका त्रुटीहरु औंल्याएकोमा धन्यवाद ज्ञापन गर्दै आफ्नो ध्यानाकर्षण भएको र सुधार गरेर अंगाडी बढ्न बताउनु भयो ।