तिलोत्तमा नगरपालिकाले गत असोजमा गरेको लगानी सम्मेलनमा ईभेन्ट म्यानेजमेन्टको काम गरेको ड्रिम ईभेन्ट एण्ड ईन्टरटेन्मेन्टले आफूले गरेको कामको अझैसम्म भुक्तानी नपाएको गुनासो गरेको छ ।
ईभेन्ट म्यानेजमेन्टको जिम्मा लिएको ड्रिम ईभेन्ट एण्ड ईन्टरटेन्मेन्टले लगानी सम्मेलन सम्पन्न भएपछि पटक पटक भुक्तानीको माग गरेपनि नगरपालिकाले आंशिक भुक्तानी मात्र गरेको र बाँकी रहेको रकम भुक्तानीकालागि आनाकानी गरेको ड्रिम ईभेन्ट एण्ड ईन्टरटेन्मेन्टका सञ्चालक प्रकाश दर्लामीले बताउनु भयो ।
लगानी सम्मेलनकालागि स्टेज, साउण्ड सिस्टम, लाईट डेकोरेसन, होडिङ् बोर्ड लगायतका काम गर्नेगरी २० लाखमा सम्झौता भएको थियो । कार्यक्रम हुनुभन्दा एक हप्ता अंगाडी एग्रिमेन्ट भएभन्दा ९० प्रतिशत काम फेरवदल गरि नगरपालिकासंग मौखिम सम्झौतामा बढेको रकम भुक्तानी गर्ने सहमतिमा ड्रिम ईभेन्ट एण्ड ईन्टरटेन्मेन्ट नगरपालिकाले भने बमोजिम काम गरेको सञ्चालक दर्लामी बताउनु हुन्छ । सोही अनुसार ४४ लाख ४ हजार ८५५ रुपैंया पाउनु पर्ने दर्लामीले नगरपालिकामा माग गर्नुभएको छ । दर्लामीको माग अनुसार नगरपालिकाले काम सम्पन्न भएको तीन महिना पछि पटक पटक गरेर ३५ लाख रुपैंया भुक्तानी गरेको छ ।
काम गर्ने क्रममा पुन लिखित सम्झौता गर्न आग्रह गर्दा नगरपालिकाको तर्फबाट कार्यक्रम संयोजक वडा अध्यक्ष दुर्गा पाण्डेले मेयर बासुदेव घिमिरेलाई साक्षि राखेर लागत अनुसारको रकम भुक्तानी गर्न कुनै समस्या नहुने भएकाले आफूहरुको माग अनुसारको काम गर्न आग्रह गरेपपिछ आफूले काम गरेकाले लागत अनुसारको रकम उपलब्ध गराउन सञ्चालक दर्लामीको माग छ ।
भुक्तानी गर्न बाँकी ९ लाख रुपैंया बढी रकम भुक्तानीको माग गर्दै पटक पटक नगरपालिकामा धाएपनि नगरपालिकाले आनाकानी गर्ने गरेको उहाँले गुनासो गर्नुभयो । उहाँले नगरपालिकाले लगानी भित्र्याउनकालागि लगानी सम्मेलन गर्ने तर यहि नीजि क्षेत्रबाट भएको लगानी डुवाउने गरी व्यबहार गरेको उहाँले आरोप लगाउनु भयो । लगानी प्रवद्र्धन गर्ने र युवालाई लगानीको लागि प्रोत्साहन गर्नुपर्नेमा युवाले गरेको लगानी डुवाउने क्रियाकलापले आफूलाई चिन्तित बनाएको बताउँदै नगरपालिका भित्र थप लगानी भित्र्याउनकालागि भएका लगानीको सुरक्षामा गम्भिर हुन नगर प्रमुख घिमिरेलाई उहाँले आग्रह गर्नुभयो ।
