सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको तल्लो डुम्रे गौडे पुल नजिकै गएको पहिलोको कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार अहिले पहिरो पन्छ्याउने काम भएरहेको र आज दिनभरी पनि सडक सञ्चालन गर्न नसकिने देखिएको छ ।
पाल्पाको तानसेन नगरपालिका वडा नं. १२ गौडेपुल नजिकै बिहिबार राती सोही स्थानमा पहिलो खसेको थियो । सुक्रबार राती पुन पहिरो खरेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बिहिबारको पहिरोका कारण लु १ क ११७५ नम्बरको ट्रक सोही स्थानमा फसेको र शुक्रबारको पहिरोले उक्त ट्रकलाई पूर्ण रुपमा पूरेको पनि प्रहरीले जनाएको छ । यद्यपी मानवीय क्षती भए÷नभएको यकिन हुन सकेको छैन ।
करिव २ ढाई सय माथिदेखि निरन्तर ढुंगा सहितको पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।