रोटरी क्वलका अध्यक्ष तथा पदाधिकारीहरुलाई क्लव अफिसर तालिम (सेमिनार) प्रदान गरिएको छ । रोटरी रिजन पाँच अन्तरगत रोटरी क्वल अफ बुटवल साउथ, रुपन्देही, देवदह र मणिग्रामका अध्यक्ष तथा पदाधिकारीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
रोटरी रिजन पाँच अन्तरगत २६ वटा क्लव रहेको र ती क्वललाई ६ वटा समुहमा बिभाजन गरि तालिम (सेमिनार) प्रदान गरिएको रोटरी क्वलका एसिस्टेन्ट गभर्नर तथा कार्यक्रम संयोजक ध्रुवकुमार धितालले बताउनु भयो । यस अंगाडीका वर्षमा सबै क्लवलाई एकैसाथ उक्त तालिम प्रदान गर्ने गरिएकोमा यो वर्ष कोरोना भाईरसको महामारीका कारण समुहमा विभाजन गरी थोरै संख्यामा तालिम प्रदान गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
चारवटा क्लवबाट ३४ जना सहभागि रहेको उक्त तालिम (सेमिनार)मा रिजन पाँच तालिम समितिका संयोजक लक्ष्मण ज्ञवाली, एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ता, तालिम समितिका सदस्य नरबहादुर श्रीस, खिमबहादुर कार्की, राजेन्द्रबहादुर जीसीले सहजिकरण गर्नुभएको थियो ।
रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रेम भूर्तेलको अध्यक्षतामा भएको तालिम कार्यक्रममा बोल्दै तालिम कार्यक्रम संयोजक ध्रुवकुमार धितालले तालिममा लिएको ज्ञान सिपलाई व्यबहारमा उतारेर सामाजिक काममा लाग्न आग्रह गर्नुभयो ।
रोटरी क्वल अफ रुपन्देहीका अध्यक्ष गौतम भुसालको सञ्चालनमा भएको कार्यक्रममा देवदहका अध्यक्ष कुलप्रसाद पौडेलले स्वागत तथा मणिग्रामका अध्यक्ष कृष्णप्रसाद नेपालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रत्येक क्लवबाट अध्यक्ष सचिव र कोषाध्यक्ष सहित ८ जना सहभागि रहेको तालिम कार्यक्रममा बोल्दै किशु शर्मा, ओम खत्री, अरुण पाण्डे लगायतका सहभागिहरुले रोटरीको साख बृद्धि हुने खालका कार्यक्रम सञ्चालनकालागि सुझाव समेत व्यक्त गर्नुभएको थियो ।