कविता : म बोर्डिङको शिक्षक

1.1K

कविता : म बोर्डिङको शिक्षक

दिनेश खड्का /

सरकार, तिमीले खुबलखेट्यौ
म तिमीबाट लखेटिन राजीभएँ
विद्यालय, तिमीले निकै खेद्यौ
म तिमीबाट खेदिनतयार भएँ
अभिभावक, तिमीले सारै चेप्यौ
म तिमीबाट चेपिनतयार भएँ
समाज, तिमीले ह्वात्तै हेप्यौ
म तिमीबाट नि हेपिनतयार भएँ
किनकी म बोर्डिङको शिक्षकहुँ ।

महिनांै बितेछन् हातहरु रित्ताभएका
आफ्नै घरका मान्छेहरु भित्ताभएका
न कसैले सोध्यो न मैले भन्न सकेँ–
म हिजोआज हरेक अभावमा छु,
चारैतिरबाट चर्को दवावमा छु ।
चुलोमा खरानीको धूलो नउडेपछि
सानी छोरीको रिमोट कार नगुडेपछि
हेर्दाहेर्दै आफ्नैले मेरो साथ छोडे
पलभरमै प्रियजनले पाईलामोडे
किनकि म बोर्डिङको शिक्षकहुँ ।

एकदिनप्रिन्सिपलले मायाले भने–
सर, अनलाईन कक्षाचलाउनु प¥योे
यही गरेर भएनिचुलो जलाउनप¥यो ।
नाईभन्ने आँट गर्नै सकिनँ मैले
तर मन भारी भो मोबाईल सम्झेर !
सापटी गरेर ल्यापटप नै किन्नु प¥यो
नेटजोडे हातमुखजोडिएला भनेर ।
तर अनलाईन कक्षानिबन्दगरियो
र भनियो–अबदेखि बेतलवीबिदा !
हातमुखहोइन उल्टै ऋण जोडियो
अविश्वास गर्नेहरुको भिड जोडियो
किनकि म बोर्डिङको शिक्षकहुँ ।

हिजो बाको फोन आयो गाउँबाट
खुसीहोइनप्रशस्त पीडा बोकेर
बाले खोक्दै सानो स्वरमाभन्नुभो–
कान्छा, औषधी सकियो पठाउँछस् कि?
अहिले म सक्दिनँबा ! भन्न सकिनँ ।
मडारिएको मनमा यस्तो लाग्यो कि–
बाको औषधी र मेरा आशा एकैचोटी सकिए ।
बाको फोनलगत्तै अर्को फोनवालाले भन्यो–
सर, बाईकको किस्तादुई दिनमाबुझाउनुहोला ।
किस्ताहोईन आप्mनै मनलाई बुझाउन सकिनँ,
अचानकअल्झिएको उल्झन सुल्झाउन सकिनँ ।
किनकि म बोर्डिङको शिक्षकहुँ ।

सोचिरहेको बेला संकेत आयो ढोकामा
ढोकाखोल्दा घरबेटी उभिएकाथिए ।
हातमा घरभाडाको बाक्लो बिलबोकेर
निर्लज्ज, निर्दयी र निष्ठुर दिलबोकेर ।
म अवाक् भएँ र उभिरहँे खम्बाबनेर,
केहीबोलिनँ ठूलो घरको सानो दिललाई !
त्यही नै बेला सानो छोरोले भन्यो–
बाबा, दूध र केवलको निबिलआको छ ।
बिलवालालाई मेरो दिलदिएर नहुँदोरैछ,
सबैलाई एउटै जवाफ दिन्छु आजकल–
कृपया केहीदिननआत्तिनुहोला ।
तर म अत्तालिएको छु तीनमहिनादेखि
तलबनपाउदातनावको तरवारले काटेर
किनकि म बोर्डिङको शिक्षकहुँ ।

नङ रमासुको सम्बन्ध थियो हिजो
मशिक्षक र मेरा विद्यार्थीहरु बीचमा,
आजमासु बाँचिरहेछ नङ छुट्टिँदा पनि
रक्ताम्य छैनन् अभिभावकीयऔलाहरु,
नङ र मासु अचानकटाढा सर्दा पनि ।
ओतलाग्ने छाता जस्तो लाग्थ्यो मलाई
संघ संगठनका छहारिला छाताहरु
के थाहामलाई ?उनीहरु नै रैछन्
मालिकहरुकागाउने गौरव गाथाहरु ।
आफ्नै प्रिन्सिपलले पीडा बुझेनन्
आफ्नै सरकारले त साथदिएन
आफ्नै घरकाहरुले नै त लातहाने
अबकहाँजाऊँर कसलाई भनँु पीडा?
किनकि म बोर्डिङको शिक्षकहुँ ।

नागरिकताभएर निअनागरिक भएँ
उज्यालो छरेर पनि म अध्याँरो भएँ
रोगलाई जित्दाभोकसँग म हारिरहेछु
आफन्तसँगकाआशाहरु ममारिरहेछु
विभेदको पर्खाल कति साह्रै अग्लो रैछ
चितखाने गरी मैले चेतनापाईरहेछु ।
सुन्छु–सरकारले अर्को सन्तानजन्माउने रे,
भएका सबै सन्तानहरुलाई मारेर !
सरकार सधैैं मलाई सौतेलो देख्छ ।
बारम्बार मलाई नै एकनाशले खेद्छ
किनकी म बोर्डिङको शिक्षकहुँ ।

नोटः शैक्षिक समुन्नतिकाखातिर नीजिविद्यालयकाशिक्षकहरुको योगदानप्रतिउच्च सम्मान सहित समर्पित कविताहो यो । समस्याको समाधानको लागि सरकारको ध्यान शीघ्र जाओस भन्ने अनुरोध पनिहो । शिक्षकहरुको मनोबल गिराउने होइनमनोभावना समेट्ने कविताको प्रयास रहेको विवेकशिल पाठकहरुमा सविनय अनुरोध छ ।

बुटवल, २०७७ साउन ६ गते