जन्मदिनमा मानव सेवा आश्रममा आश्रीतलाई खाना

1.3K

जन्मदिनमा मानव सेवा आश्रममा आश्रीतलाई खाना

कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं. १ चारनम्बर निवासी संघीय संसदका सदस्य अतहर कमाल मुसलमानको परिवारले मानव सेवा आश्रम बुटवलमा आश्रीतहरुलाई खाना खुवाएको छ । छोरी आरजुको जन्मदिनको अवसरमा कमालको परिवारले बीहिबार मानव सेवा आश्रममा आश्रीतहरुलाई एक छाक खाना खुवाएको हो ।

त्यस अवसरमा आरजुकी आमा दिना सुवेदीले छोरीको जन्मदिनको अवसरमा जेजती सकिन्छ दुःखीहरुको साथमा छौं है भन्ने सन्देश दिनकालागि आश्रममा आश्रीतलाई खाना खुवाएको बताउनु भयो ।
त्यस अवसरमा आश्रमका अभियान्ताहरु शेरबहादुर गौतम र कृष्ण पंगेनीले आश्रमको बारेमा जानकारी गराउनु भएको थियो । अहिले आश्रममा महिला र पुरुष गरि १२८ जना आश्रीत रहेको आश्रमकी सरु अधिकारीले जानकारी दिनुभयो ।