कबिता : ३८औं बीपी स्मृति

682

कबिता : ३८औं बीपी स्मृति

रिमा पौडेल /

सिकाएकै हून, बटौली, खश्यौली र उजीर सिंह माबिले
बीपी भन्न, पृय बीपी ! आँखामा मात्र राख्न खोजेकी थिएँ,
तिमी त मुटु सम्मै पुगिसकेछौ ।
तिम्रो हात मात्र समात्न खोजेकी थिएँ,
तिमी त अंगालोमा बाधिईसकेछौ
तिम्रो केही पल मात्र खोजेकी थिए
तिमि त मेरो जीवन नै भईसकेछौ
तिम्रो सपनामा मात्र आउन खोजेकी थिएँ,
तिमिले त बिपना नै मलाइ दिसकेछौ
तिम्रो ढुक्ढुकी मात्र सुन्न खोजेकी थिएँ
तिमी त मेरो ढुक्ढुकी नै भईसकेछौ
प्रेमको सानो फुल मात्र रोपेकी थिएँ
तिमिले त मलाइ रुखको छाहरी भित्र लुकाइसकेछौ
मेरो मुस्कान मात्र दिन खोजेको तिमिलाई
मेरो त खुशी नै तिमी भईसकेछौ
तिमिलाइ साथी मात्र बनाउन खोजेकी थिएँ,
तिमी त मेरो ईश्वर नै भईसकेछौ बाबा
राष्ट्रियता, प्रजातन्त्र र समाजवाद अनि
चारतारे झन्डाको फुलबारी सबैमा ।

बुटवल, २०७६ भदौ ।