शंकरनगर बनबाटिकामा रहेको लायन्स म्याङ्गो तथा रोजगार्डेनमा बृक्षारोपण

1.1K

शंकरनगर बनबाटिकामा रहेको लायन्स म्याङ्गो तथा रोजगार्डेनमा बृक्षारोपण

लायन्स क्लव अफ बुटवलले तिलोत्तमा नगरपालिका स्थित शंकरनगर बन बाटिकामा बृक्षारोपण गरेको छ । लायन्स क्लव अफ बुटवलले आठ वर्ष अंगाडी बनबाटिकामा सुरु गरेको म्याङ्गो गार्डेन र रोज गार्डेनमा बृक्षारोपण गरिएको क्लवका सचिव प्रतिक पोखरेलले जानकारी दिनुभयो ।

तिलोत्तमाको शंकरनगर बनबाटिकामा आठ वर्ष अंगाडी क्लवका तत्कालिन अध्यक्ष राजकुमार अमात्यले म्याङ्गो गार्डेनको अवधारणा अंगाडी सार्नुभएको थियो । त्यसयता क्लवले प्रत्येक वर्ष बृक्षारोपण गर्दै आएको क्लवका अध्यक्ष सञ्जय कलवार जैसवालले बताउनु भयो ।
लायन्स क्लव अफ बुटवल, लायनेश क्लव अफ बुटवल र लियो क्लव आफ बुटवलले संयुक्त रुपमा शनिबार बिहान गरिएको बृक्षारोपण कार्यक्रममा २ हजार ५ सय हेजका बिरुवा रोपिएको छ । त्यस्तै १३ वटा आँप, ८ वटा धुपी र १४ वटा वाल प्लान्ट समेत रोपिएको छ ।

अव उक्त म्याङ्गो गार्डेनमा ३ सय वटा आपका रुख भएका छन्, त्यस्तै ७० वटा कटहर लगायत फलफलका रुख हुँर्किदै गरेको क्लवले जनाएको छ । ती बिरुवामा किरा तथा रोग नलागोस भन्नकालागि अव छिटै ट्रिटमेन्टको योजना बनाएको पनि अध्यक्ष जैसवालले बताउनु भयो ।
क्लवले रोजगार्डेनमा निर्माण गरेको लायन्स इन्टरनेशनलको लोगो समेत शनिबार नै अनावरण गरिएको छ । उक्त लोगो अनावरण गर्दै क्लवको पूर्व अध्यक्ष तथा लायन्स क्लवका पूर्व डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठले लायन्स क्लव अफ बुटवलले बनबाटिकामा म्याङ्गो गार्डेन तथा रोज गार्डेन निर्माण गरेर क्लवको परिचय गराएको धारणा राख्नुभयो ।

कार्यक्रममा लायन्स क्लवका पूर्वअध्यक्षहरु, पदाधिकारी तथा सदस्यहरु, लायनेश क्लवका पूर्व अध्यक्षहरु पदाधिकारी तथा सदस्यहरु र लियो क्लवका पूर्व अध्यक्षहरु पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।