कबिता : आमा

787

कबिता : आमा

रिमा पौडेल /

आमा, फेरि तिम्रो हात समाएर हिड्न मन छ
तिम्रो अंगालोमा धक फुकाएर रुन मन छ
कसैले माया गर्दा उसैमा तिम्रो अनुहार देख्छु ।
आमा, फेरि एकचोटी तिम्रो माया पाउन मन छ
आमा फेरि तिम्रो हात समाएर हिड्न मन छ
तिम्रो अंगालोमा धक फुकाएर रुन मन छ
तिमी गएपछि कति आफ्ना पराइ भए
कति पराइ आफ्ना भय तीमिलाइ सबै बताउन मन छ ।

आमा फेरि तिम्रो हात समाएर हिड्न मन छ
तिम्रो अंगालोमा धक फुकाएर रुन मन छ
तिमिसंग बिताएका हरेक पल सम्झिदा सम्झिदै
अबिरल बग्ने आँसुहरु तिमिलाई देखाउन मन छ,
आमा फेरि तिम्रो हात समाएर हिड्न मन छ
तिम्रो अंगालोमा धक फुकाएर रुन मन छ
बिपनीमा नभएपनि हरेक रात सपनीमा तिमिलाई देख्ने मन छ
तिम्रो हातमा सिरानी बनाई भलाकुसारी गर्ने मन छ
आमा फेरि तिम्रो हात समाएर हिड्न मन छ
तिम्रो अंगालोमा धक फुकाएर रुन मन छ ।।