आज शोमबार रातीदेखि ३ चार दिन ठूलो वर्षाको सम्भावना रहेको बताउँदै मौषम पूर्वानुमान महाशाखाले सतर्क रहन अपिल गरेको छ । महाशाखाले आईतबार बिशेष बुलेटिन प्रकाशित गरि शोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक रहने तथा अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले त्यसले मनसुन सक्रिय भई देशभर हल्कादेखि भारीसम्म वर्षा गराउने जानकारी गराएको हो ।
महाशाखाले नदी तथा खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबान समेतको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।