बाढीले बगाएर पाल्पामा एकको मृत्यु

बाढीले बगाएर पाल्पामा एकको मृत्यु

बाढीले बगाउँदा पाल्पा रम्भा गाउँपालिका १ असेर्दीका ३० वर्षीय दिनेश अर्यालको मृत्यु भएको छ । अबिरल वर्षा परेपछि भल रोक्न गएराती करिव १ वजे खेतमा गएका अर्याललाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
आफ्नै खेतमा ढुंगा माटो सहित पहिरोको भलले बगाएर करिव दश मिटर तल मृत अवस्थामा भेटिएका अर्यालको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares