स्वर्गीय कर्मचारीको परिवारलाई दुर्घटना बिमा भुक्तानी

615

स्वर्गीय कर्मचारीको परिवारलाई दुर्घटना बिमा भुक्तानी

पश्चिमाञ्चल यातायात व्यवसायी समितिले स्वर्गीय कर्मचारीको परिवारलाई दुर्घटना बिमा भुक्तानी गरेको छ । समितिमा कार्यरत चौकी ईञ्चार्ज ४३ वर्षीय गणेश अधिकारीको गत असोज १७ गते बुटवलको ढवाहमा मोटरसाईकल दुर्घटनामा परि निधन भएको थियो ।
समितिले कर्मचारीको परिवारलाई राहत हुनेगरी कर्मचारीको बिमा गरिदिएको छ । सोही अनुसार बिमा कम्पनीबाट दावी भुक्तानी प्राप्त भएको १० लाख रुपैंया गणेशकी श्रीमती विवु अधिकारीलाई मंगलबार समितिमा हस्तान्तरण गरिएको हो ।
समितिका अध्यक्ष यमप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की, महासचिव जित बहादुर भाट, सचिव बसन्त खडका, सेक्टर उपाध्यक्ष डिल्ली नारायण रिजाल, कार्यालय प्रमुख बावुराम अधिकारी लगायत समितिका सदस्य तथा कर्मचारीहरुको उपस्थितीमा बिमा रकम प्रदान गरिएको हो ।
यसअघि समितिको तर्फवाट कर्मचारीलाई गरिदिएको बीमावाट १ लाख र समितिमा कार्यरत कर्मचारी युनियनले गरिदिएको बीमावाट पनि १ लाख रुपैया अधिकारीको परिवारलाई प्रदान गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।