राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली काँग्रेसमा प्रवेश

533

राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली काँग्रेसमा प्रवेश

हालै राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादर थापा नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । हालै राप्रपा परित्याग गर्नुभएका थापालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी सदस्यता प्रदान गरि पार्टी प्रवेश गराउनु भएको हो ।
उक्त कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार लगायतका नेताहरु सहभागि हुनु भएको थियो । राप्रपाका संस्थापक नेता सुर्यबहादुर थापाको छोरा सुनील गत शनिबार मात्रै ठूलो संख्यासहित राप्रपा परित्याग गर्नुभएको थियो ।
नेपाली काँग्रेसमा प्रवेश संगै उहाँले नेपाली काँग्रेसमा प्रवेश गर्न पाउँदा आफैलाई धेरै खुसी लागेको बताउनु भएको छ । अहिले मुलुकमा प्रजातान्त्रिक शक्ति कमजोर भएको, लोकतान्त्रिक संस्था कमजोर रहेका बेला आफ्नो पनि जिम्मेवारी थपिएको भन्दै नेता थापाले नेपाली लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेश गरेको बताउनु भयो ।
आफ्ना बुबा सूर्यबहादुर थापाले लोकतान्त्रिक शक्तिबीच एकता हुनुपर्ने र त्यसको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्ने बताएको भन्दै राप्रपाले त्यो बाटो भुलेकाले काँग्रेसमा प्रवेश गरेको उल्लेख गर्नुभयो ।