रुपन्देही विजनेश इन्कुवेशन कार्यक्रम सुरु : नौं महिने कार्यक्रममा १३ उद्योगी सहभागि

रुपन्देही विजनेश इन्कुवेशन कार्यक्रम सुरु : नौं महिने कार्यक्रममा १३ उद्योगी सहभागि

रुपन्देहीको बुटवलमा युवाहरुमा उद्यमशिलताको बिकासकालागि ‘नव उद्यमशाला’ (विजनेश इन्कुवेशन) कार्यक्रम सुरु भएको छ । युवामा उद्यमशिताको बिकासका माध्यमबाट आर्थिक सामाजिक योगदानका लागि तयार पार्न नव उद्यमशाला कार्यक्रम सुरु गरिएको हो ।
कोरोना भाईरस (कोभिड–१९) संक्रमणका कारण चैतमै शुरु हुने कार्यक्रम लकडाउन अन्त्य भएसंगै बिहिबार (असार १५) देखि सुरु भएको बुटवल उद्योग बाणिज्य संघले जनाएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, नेपाल युवा उद्यमी मञ्च रुपन्देही, लुम्बिनी वाणिज्य क्याम्पस बुटवलसंगको संयुक्त ससाझेदारीमा अन्तरप्रेरणा नेपालद्वारा सञ्चालित यो कार्यक्रम अवको ९ महिनासम्म सञ्चालन हुने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो ।
यो ९ महिनाको अवधिमा विभिन्न कार्यक्रम तालिम, कार्यशालाका लगायतका प्रकृया पार गरेर नव उद्यमीलाई सहि बाटो देखाउने प्रयास फलदायी हुने उहाँको विश्वास छ । यो कार्यक्रमले युवालाई आफूले गर्न चाहेको व्यबसायको प्रकृति, प्राविधिक समस्या तथा बजार बुझ्न र सोही अनुसार योजनावद्ध रुपमा अंगाडी बढ्न सहयोग गर्ने विश्वास गरिएको छ ।
नव उद्योमीलाई प्रोत्साहन गर्नकालागि सञ्चालन गरिएको यो कार्यक्रममा उद्योग स्थापना गरेको ६ महिना देखि २ वर्ष भित्रका १३ जना उद्योगीलाई सहभागि गराईएको छ । जसकालागि रुपन्देही जिल्लाका २५ उद्योगीको आवेदन परेको थियो ।
कार्यक्रम सञ्चालनकालागि यस अंगाडी नै बुटवल उद्योग बाणिज्य संघमा आयोजना गरिएको कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको तर्फबाट अध्यक्ष खिमबहादुर हमाल, लुम्बिनी बाणिज्य क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख डा. तारा उपाध्याय, नेपाल युवा उद्यमी मञ्च (एनवाईएफ) रुपन्देही च्याप्टरका अध्यक्ष सन्दिप कसौधन र अन्तरप्रेरणा प्रालीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरज खनालले हस्ताक्षर गरिसक्नु भएको थियो । यद्यपी तत्कालै उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएपनि कोरोना भाईरस महामारीका कारण भएको लकडाउनका कारण कार्यक्रम सञ्चालन गर्ने समय केही समय पछाडी धकेलिएको हो ।
कोरोना भाईरस (कोभिड–१९)को बिचमा पनि यो कार्यक्रम सञ्चालनका लागि लगनशिल अन्रप्रेरणाको टिम र सहयोगीको रुपमा रहेका संघसंस्थाहरुलाई बुटवल उद्योग बाणिज्य संघले धन्यवाद दिंदै कार्यक्रम सफल पार्नका लागि जटिल अवस्था सिर्जना भएपनि संघले हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

Share This
  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares