“मुख्यमन्त्री ज्यू ! प्रदेश राजधानीको मुख्य सडकको यो अवस्था देख्नुभएको छ ?”

1.2K

“मुख्यमन्त्री ज्यू ! प्रदेश राजधानीको मुख्य सडकको यो अवस्था देख्नुभएको छ ?”

प्रदेश पाँचको राजधानी बुटवलको मुख्य सडकको दुरावस्था दर्साउँदै जनता समाजवादी पार्टीले मुख्यमन्त्री प्रति व्यङ्ग्य प्रहार गरेको छ । सो पार्टीले प्रदेश राजधानी बुटवलको मुटु मानिने अस्पताल लाईनको मुख्य चोकमै मुख्यमन्त्री प्रति व्यङ्ग्य प्रहार गर्दै कालो व्यानर टाँगेको छ ।

प्रदेशको राजधानी बुटवलको मुख्य सडक पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग र उत्तर–दक्षिण जोड्ने सिद्धार्थ राजमार्ग जिर्ण हुनुको साथै यहि सडकका कारण बुटवलको मुहार कुरुप देखिन थालेको छ । त्यसैप्रति व्यङ्ग्य गर्दै जनता समाजवादी पार्टी नेपाल बुटवल उपमहानगर समिति रुपन्देहीले कालो व्यानरमा प्रश्न गर्दै लेखेको छ–‘माननीय मुख्यमन्त्री ज्यू ! प्रदेश राजधानीको मुख्य सडकको यो अवस्था देख्नु भएको छ ?’

सडकको दुरावस्थाकै कारण घामलाग्दा धुलोले हिड्न नसक्ने हुन्छ भने पानी पर्दा हिलोले छ्यापेर हिड्न नसकिने सडकका उपभोक्ताहरु बताउँछन् । सो पार्टीले कालो व्यानरमा मुख्यमन्त्री प्रति कटाक्ष गरेपछि तत्कालै सडक मर्मतको काम समेत सुरु भएको छ ।