रोटरी रोट्रयाक्टको संयुक्त बृक्षारोपण

800

रोटरी रोट्रयाक्टको संयुक्त बृक्षारोपण

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही तथा रोट्याक्ट क्लब अफ तिलोत्तमा देवदह र रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीले संयुक्त रुपमा बृक्षारोपण गरेका छन् । मातृ क्वल रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही र दुई भातृ क्लवले रुपन्देहीको देवदह स्थित स्मृति सामुदायिक बनमा बृक्षारोपण गरिएको रोटरी क्लवका अध्यक्ष गोपाल ज्ञवालीले जानकारी गराउनु भयो ।
क्लवले सञ्चालन गर्ने वार्षिक कार्यक्रम अनुसार शनिबार बृक्षारोपण गरिएको हो । त्यस अवसरमा स्मृति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष भरत गुरुङ्ले क्लवले बृक्षारोपण गरेर नदि कटान रोक्ने अभियानलाई सहयोग गरेको बताउँदै बनमा घोडाहा खोलाको कटान समस्या रहेको जानकारी गराउनु भयो ।
त्यस अवसरमा त्यस बनमा सितलचिनी, टिक, बकाईनो, ईपिलईपिल, सिसौ, खयर लगायतका १५० बिरुवा रोपिएको रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका अध्यक्ष अर्जुन गुरुङ्ले जानकारी दिनुभयो । बृक्षारोपण कार्यक्रम संयोजक कृष्ण गैरेले क्लवले बृक्षारोपण गर्ने मात्रै नभई रोपिएका बिरुवाको संरक्षण समेत गर्ने जानकारी गराउनु भयो ।