सडक भासिएपछि सिद्धार्थ राजमार्गमा ठूला सवारी साधन सञ्चालनमा रोक

1.2K

सडक भासिएपछि सिद्धार्थ राजमार्गमा ठूला सवारी साधन सञ्चालनमा रोक

उत्तर–दक्षिण जोड्ने सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डमा पर्ने दोभानमा सडक भासिएपछि ठूला सवारी साधन सञ्चालनमा रोक लगाईएको छ ।
शनिबार दिउँसो सडक भासिएपछि त्यस सडकमा गुड्ने मालवाहक ट्रक, मिनी ट्रक र यात्रुवाहक बस सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको हो । प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेका अनुसार सडक भासिने क्रम नरोकिएकोले जोखिम रहँदासम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाईएको छ ।
यस अंगाडी बुटवल पाल्पा सडक खण्डको बिभिन्न स्थानमा पहिरो गएका कारण उक्त सडक अवरुद्ध हुने तथा खुल्ने हुँदै आएको छ । सडक भासिएपछि यो सडकमा यात्रा गर्न थप जोखिम भएको छ ।