रोटरी क्लव अफ बुटवल साउथको संयोजनमा पश्चिम नवलपरासीमा पहिलो पटक रोटरी क्वल गठन गरिएको छ । शनिबार पश्चिम नवलपरासीको परासीमा कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा रोटरी क्लव अफ नवलपरासीको स्थापना गरिएको हो ।
समाजसेवी सुमनगोपाल आचार्यको अध्यक्षतामा गठित रोटरी क्लव अफ नवलपरासीको सचिवमा राजकुमार रेश्मी, कोषाध्यक्षमा चन्द्रमणी चौधरीलाई चयन गरिएको छ ।
रोटरीको बिधान अनुसार ईनकमिङ् अध्यक्षमा धनपत यादव, मेम्बरशिप चियरमा सुनिलकुमार कसौधन र फाउनन्डेशन चियरमा उर्मिला अग्रहरीलाई चयन गरिएको छ । बाँकी पदमा आगामी बैठकबाट पूर्णता दिने अध्यक्ष आचार्यले बताउनु भयो ।
क्लवलाई आधिकारिक मान्यता भने अमेरिकामा रहेको रोटरी मुख्यालयमा दर्ता पछि मात्रै प्राप्त हुने छ । मातृ क्लव रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रेम भूर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक एक्सटेन्सन चियर कृष्णप्रसाद अर्याल, बुटवल साउथका संस्थापक अध्यक्ष आरसी आचार्य, प्रोग्राम ईडिटर प्रभा ज्ञवालीले शुभकामना व्यक्त गर्दै सामाजिक सेवामा निस्वार्थ भावले लाग्न आग्रह गर्नुभएको थियो ।