दुई लाख रुपैंया घुससहित गुट्का व्यापारी र राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख पक्राउ

दुई लाख रुपैंया  घुससहित गुट्का व्यापारी र राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख पक्राउ

गुट्का व्यापारीसंग घुस लिँदैगर्दा राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत बिजय रानालाई अख्तियारको टोलीले पक्राउ गरेको छ । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत रानाले गुट्का व्यापारी अनिलकुमार झासंग घुस वापत २ लाख रुपैंया लिँदै गर्दा अख्तियारको टोलीले बुटवल उपमहानगरपालिका वडा नं. १३ बुद्धचोकबाट पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राना सहित घुस दिने गुट्का व्यापारी अनिलकुमार झालाई पनि पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा घुस लिने र दिने दुबैलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका प्रमुख डा. भिष्मकुमार भुसालले जानकारी दिनुभयो ।
पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान सुरु गरिएको पनि उहाँले बताउनु भयो ।

Share This
  • 555
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    555
    Shares