“अदालतमा मुद्दा, घरमा डोजर : न्यायालयको अपमान, व्यक्तिको नैसर्गिक अधिकारप्रति कुठाराघात”

“अदालतमा मुद्दा, घरमा डोजर : न्यायालयको अपमान, व्यक्तिको नैसर्गिक अधिकारप्रति कुठाराघात”

नेपाली काँग्रेस संघीय संसदका प्रमुख सचेतक बालकृष्ण खाँणले बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहनुभएका खिमबहादुर हमालको घरमा बुटवल उपमहानगरपालिकाले डोजर लगाएर भत्काएको घटना प्रति ध्यानाकर्षण भएको बताउँदै गैरकानुनी कार्यप्रति भ्रत्सना व्यक्त गर्नुभएको छ ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हमालको बुटवल उपमहानगरपालिका वडा नं. ९ स्थित घरमा बुधबार बिहानै बुटवल उपमहानगरपालिकाले प्रहरी घेरा हालेर डोजर लगाएर भत्काएको थियो । नेता खाँणले बुधबार नै प्रेस बिज्ञप्ती जारी गरी हमालको घरमा स्थानीय प्रशासनले बल प्रयोगगरी भत्काएको घटनाले आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।
‘उक्त घर सम्बन्धि मुद्दा सर्बोच्च अदालतमा बिचाराधिन रहेको र उक्त मुद्धामा बुटवल उपमहानगरपालिका नै प्रतिवादी भएको अवस्थामा आजकै मितिमा अदालतमा पेशी तोकिएको थियो ।’ विज्ञप्तीमा भनिएको छ–‘तर मुद्धाको किनारा समेत नलागेको अवस्थामा एक्कासी आजकै दिन स्थानीय प्रशासनले घर भत्काउने कार्य गर्नु अत्यन्त निन्दनीय छ ।’ नगरपालिकाको यस कदमले सम्मानित न्यायालयको समेत अपमान हुने र व्यक्तिको नैसर्गिक अधिकार प्रति कुठाराघात भएको जारी विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
२०४६ सालमा बुटवल नगर पञ्चायतबाट नक्सा पास गराई निर्माण भएको घरको आर्थिक वर्ष २०७६÷०७७ सम्मको भूमि कर र सम्पत्ति कर समेत बुटवल नगरपालिकामा बुझाउँदै आएकाले नगरपालिकालाई जानकारी भएको बिषय समेत औंल्याउनु भएको छ । सम्मानित न्यायालयको निर्णयको सम्मान गर्नु दुबै पक्षको कर्तव्य भएको औंल्याउँदै स्थानीय प्रशासनले अतिकति पनि धैर्य नगरी कानुन विपरितका कार्यगर्नु भ्रत्सनायोग्य रहेको समेत उल्लेख गर्नुभएको छ ।

Share This
  • 633
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    633
    Shares