हमालको घरमा डोजर चलाएको प्रति काँग्रेस तथा व्यबसायिक संघसंस्थाको खेद

1.1K

हमालको घरमा डोजर चलाएको प्रति काँग्रेस तथा व्यबसायिक संघसंस्थाको खेद

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष बुटवल उपमहानगरपालिका वडा नं. ९ निवासी खिमबहादुर हमालको घरमा बुटवल उपमहानगरपालिकाले डोजर चलाएको प्रति नेपाली काँग्रेस रुपन्देही, काँग्रेस रुपन्देहीको उद्योग व्यापार विभाग तथा छिमेकी उद्योग बाणिज्य संघहरुले खेद व्यक्त गरेका छन् ।
नेपाली काँग्रेस रुपन्देही उद्योग व्यापार विभागका संयोजक रामेश्वर श्रेष्ठको अध्यक्षतामा बुधबार बुटवलमा बसेको बैठकले अदालतमा विचाराधिन अवस्थामा मुद्धा रहँदा रहँदै कानुनी राज्यको उपहास गरि नगरपालिकाले घरमा डोजर चलाएको भन्दै नगरपालिकाको उक्त गैर जिम्मेवारी कदम प्रति खेद व्यक्त गरेको हो ।
उक्त बैठकमा नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाक, सचिव रामकृष्ण खाँण, क्षेत्रीय सभापति हरि लम्साल, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, रुपन्देही उद्योग संघका महासचिव जीवकान्त काफ्ले लगायत सहभागि हुनु भएको थियो । त्यस्तैगरी सैनामैना उद्योग बाणिज्य संघ, देवदह उद्योग बाणिज्य संघ लगायतका व्यबसायिक संघसंस्थाले समेत नगरपालिकाको कार्यप्रति खेद व्यक्त गर्दै ऐक्यवद्धता जनाएको बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य समेत रहनु भएका काँग्रेस उद्योग व्यापार विभागका सचिव मुक्ति अधिकारीले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ वडा समेटिएको कालिका पथ सडक बिस्तारका क्रममा आफूले क्षतीपूर्ति माग गरेअनुसार नगरपालिकाले सुनुवाई नगरेपछि सर्बोच्च अदालत पुगेको आजै सोही विषयमा सर्बोच्चमा सुनुवाई हुँदैगर्दा नगरपालिकाले आफ्नो घरमा डोजर चलाएको घरधनी खिमबहादुर हमालले त्यस अवसरमा जानकारी गराउनु भएको थियो ।