घटनाको निश्पक्ष छानविन गर्न र दोसीलाई कारवाही गर्न माग

1.3K

घटनाको निश्पक्ष छानविन गर्न र दोसीलाई कारवाही गर्न माग

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहनु भएका बुटवल उपमहानगरपालिका वडा नं. ९ निवासी खिमबहादुर हमालको घरमा डोजर लगाई भत्काईएको घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै बुटवल उद्योग बाणिज्य संघले उक्त घटनाको निश्पक्ष छानविन गरि दोसी उपर कारवाहीको माग गरेको छ ।
बुटवल उद्योग बाणिज्य संघले बिहिबार प्रेस विज्ञप्ती जारी गरी अदालतमा बिचाराधिन मुद्धामा अमानवीय शैलिमा घर भत्काउनु अभिभावको रुपमा रहेको स्थानीय सरकारको न्यायालय प्रतिको अपहेलना, जनताप्रति संवेदनहीनता र बिधिको शासन विरुद्धको कदम भएको ठहर गरिएको उल्लेख गरिएको छ ।
संघका कार्यवाहक अध्यक्ष उज्ज्वल कसजुद्वारा जारी विज्ञप्तीमा अमानवीय कार्यको छानविनको माग गर्दै डोजर लगाएर भत्काईएका घरधनीलाई तत्काल उचित मुआब्जा प्रदान गर्न र दोसी उपर हदैसम्मको कारवाही गर्न सम्बन्धित निकायमा माग गरिएको छ ।
हमालको उक्त घरसम्बन्धि विवाद अदालतमा विचाराधिन रहेको र हिँजोकै मितिमा पेशी रहेको अवस्थामा एकाबिहानै घरमा डोजर लगाउनुले न्यायालयको अपमान र व्यक्तिको नैसर्गिक अधिकारमाथि कुठाराघात भएको औंल्याउँदै विज्ञप्तीमा अघिल्लो दिन राती मात्रै सडक निर्माण समितिका संयोजक तथा नेकपा बुटवल नगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले मुद्धा फिर्ता लिन आग्रह सहित समय दिएकामा सो समय अगावै घरमा डोजर लगाउनुले आतंकित पार्ने र घर भत्काई धनमालको समेत क्षती गर्ने नियत देखिएको उल्लेख गरिएको छ ।
त्यस्तैगरी तिलोत्तमा उद्योग बाणिज्य संघले पनि बिहिबारै प्रेस विज्ञप्ती जारी गरी बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हमालको घरमा स्थानीय सरकारले डोजर लगाएर भत्काएको घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव)द्वारा हस्ताक्षरित विज्ञप्तीमा मापदण्ड अनुसार बनाईएको घर अधिग्रहण गर्ने प्रचलित कानुन विपरित बल प्रयोग गरेर भत्काईएको प्रति खेद व्यक्त गरिएको छ ।