नेपालमा फेरी केही दिन मनसुन सक्रिय हुने देखिएको छ । आज शनिबार रातीदेखि मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक सर्ने सम्भावना देखिएकोले २ तीन दिन देशका धेरैजसो स्थानमा वर्षा हुने मौषम पुर्वानुमान महाशाखले जनाएको छ । त्यस्तै केही स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आज शनिबार रातिदेखि २ तीनदिनसम्म नेपालमा मनसुन सक्रिय भै देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वर्षासमेत हुने सम्भावना रहेकाले जानकारी गराएको हो । हाल मनसुन न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ छ । मनसुनी रेखा नेपालमाथि आइपुगेमा देशभर मनसुनी प्रभाव पर्ने छ । दुई–तीन दिनपछि बिस्तारै मनसुनी प्रभाव कम हुँदै जानसक्ने मौषमविदहरुले बताएका छन् ।