सैनिकको कुटपिटपछि चेपाङको मृत्यु प्रकरण : सेनाको शैली राणकालिन जस्तै

सैनिकको कुटपिटपछि चेपाङको मृत्यु प्रकरण : सेनाको शैली राणकालिन जस्तै

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थमा खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको परिवार र सरोकारवालासगँ मानव अधिकार तथा शान्ति समाज केन्द्रीय टोलीले अनुगमन गरेको छ । शनिबार चितवनको चेपाङ्ग घरमा पुगेको टोलीले मृतकका बुवाआमा, श्रीमती तथा अन्य सरोकारवाला पक्षसगँ घटनाबारे सोधपुछ गरेको थियो ।
मानव अधिकार तथा शान्ति सामाजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनाल, केन्द्रीय सचिवद्धय बाबुहरि अचार्य, श्यामसुन्दर पराजुली, मानव अधिकार सञ्जाल चितवनका संयोजक राजेन्द्र पौड्यल, विभागीय संयोजक कमल ढुंगानालगायतको टोली पीडितको घर पुगेको हो ।
गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमारसहित पाँच जनालाई निकुञ्जको सुरक्षार्थ खटिएका सैनिक जवानले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका राजकुमारको अवस्था जटिल बन्दै गएएपछि साउन ७ गते थप उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । राजकुमारको उपचारकै क्रममा सोही राती मृत्यु भएको थियो ।
शान्ति समाजको टोलीले मृतक आफन्तसँगै घटनामा घाइते भएका सन्तोष चेपाङसँग पनि भेटघाट गरेको छ । शान्ति समाज केन्द्रीय बरिष्ठ उपाध्यक्ष खनालले मृतकको घरपरिवार, घाइते, राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालसगँ भेटघाटमा राजकुमारलाई सेनाले बर्बर यातना दिएर हत्या गरेको बताउनु भयो । उहाँले दोषी सिपाहीको नाम अझैसम्म सेनाले सार्वजनिक गर्न नदिएको घटना राणाशासन शैली रहेको भन्दै भत्सर्ना गर्नुभयो ।
घुँगी खोज्न पुगेका चेपाङ समुदाय युवाहरुलाई चरम यातना दिएर हत्या गर्ने कार्य घोर अमानवीय र ढुङ्गेयुग जस्तै रहेको समाजले प्रतिक्रिया दिएको छ । नागरिकको रक्षाको लागि खटिएको सेनाले नागरिकमाथी गर्ने यस्ता बरबर यातनाका घटनाले सेना अझै जनताप्रति उत्तरदायी हुन नसकेको समाजका केन्द्रीय वरिष्ठ उपसभापति खनालले बताउनु भयो ।

Share This
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares