रुपन्देहीको रोहिणीमा सोमबार पानीमा डुवेर एक युवतीको ज्यान गएको छ । रोहिणी गाउँपालिका वडा नं. ३ स्थित हिरा उद्योगमा बस्ने गब्बु दर्जीकी १८ वर्षीय छोरी आषीया दर्जीको सोही उद्योग परिषमा पानीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आईतबार दिउँसोदेखि हराएकी छोरीको खोजी गर्ने क्रममा उद्योगमा ईटा बनाउनकालागि माटो खनिएको खाडलमा जेमेको पानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी गराउनु भएको छ ।
त्यस्तैगरी रुपन्देहीमै अर्का एक जनाको उपचार अभावमा मृत्यु भएको छ । सियारी गाउँपालिका वडा नं. ३ सितापुरका ५५ वर्षीय जंगबहादुर बेलदारको उपचार अभावमा मृत्यु भएको हो । आईतबार दिउँसो सोही स्थानका ४० वर्षीय ओमप्रकाश यादवसंग मदिरा सेवन गरि हासी मजाक गर्ने क्रममा यादवले उचालेर पछार्दा वेलदारको ढाड र कम्वरमा चोट लागेको थियो ।
उपचारकालागि मेडिकल कलेज भैरहवा लगेकामा सुविधासम्पन्न अस्पतालमा लगेर उपचार गराउन चिकित्सकहरुले सुझाव दिएपनि छोराहरुले घरमै लगेर राखेको थाहा पाएपछि प्रहरीले ओमप्रकाश पक्राउ गरेको छ भने वेलदारलाई उपचारकालागि पठाउने तयारी गर्दै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।