गाडी मर्मत र कृषि अनुदानको अनियमितता छानविन गर्न छुट्टा छुट्टै समिति गठन

गाडी मर्मत र कृषि अनुदानको अनियमितता छानविन गर्न छुट्टा छुट्टै समिति गठन

प्रदेश पाँच प्रदेश सभाको गाडी मर्मत तथा कृषि अनुदानमा गरेको खर्चको छानविन गर्नकालागि सार्वजनिक लेखा समितिले छुट्टाछुट्टै समिति गठन गरेको छ । गाडी खरिद तथा कृषि अनुदानमा अनियमितता भएको आशंकमा प्रदेश पाँच सार्वजनिक लेखा समितिले छुट्टाछुट्टै समिति बनाएको समितिका सभापति डिल्लीबहादुर चौधरीले जानकारी गराउनु भयो ।
लेखा समितिले वैजनाथ जैसवाल कलवारको संयोजकत्वमा गाडी मर्मत तथा मर्मतबारे छानविन समिति गठन गरेको हो भने बसिउद्धिन खाँको संयोजकत्वमा कृषि अनुदानको खर्च छानविन समिति गठन गरेको हो । प्रदेश सभाका ३२ वटा सवारी साधनको मर्मतमा २३ महिनामा ६३ लाख रुपैंया खर्च भएको पाएपछि लेखा समितिले अनियमितता भएको आशंका गरेको सभापति चौधरीले बताउनु भयो ।
त्यस्तै प्रदेशको भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि अनुदान अन्तर्गत कोल्ड स्टोर खरिदमा दिएको अनुदानमा अनियमितता भएको लेखाले आशंका गरि छानविन समिति गठन गरेको हो ।
लेखा समितिको वैठकले अधिकांश क्रसर उद्योगहरु कानून विपरीत सञ्चालन भएका भन्दै तत्बाल बन्द गरी मापदण्ड पूरा गरेर मात्र सञ्चालन गराउन उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

Share This
  • 181
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    181
    Shares