कबिता : ‘आमाको सम्झना’

657

कबिता : ‘आमाको सम्झना’

रिमा पौडेल /

तिमीलाई बिर्सिन्छु भने पनि चाड्बाडले सम्झाउदो रहेछ
बिचलित हुन्न अब तिम्रो यादमा भनेपनि आँखा अनायासै रसाउदो रहेछ
जति आफन्त भएपनि तिजमा यो मनले आमानै खोज्दो रहेछ
बिचलित हुन्न अब तिम्रो यादमा भनेपनि आँखा अनायासै रसाउदो रहेछ
आमाजस्तै भएपनि आमाको स्थानमा कोइ अटाउन्न रहेछ
बिचलित हुन्न अब तिम्रो यादमा भनेपनि आँखा अनायासै रसाउदो रहेछ
जति भरिपुर्ण भएपनि तिमिले दिएको ममता नै न्यानो लाग्दो रहेछ
बिचलित हुन्न अब तिम्रो यादमा भनेपनि आँखा अनायासै रसाउदो रहेछ
चौरासी ब्यञ्जन भएपनि तिमिले पकाएको दर नै मिठो रहेछ
बिचलित हुन्न अब तिम्रो यादमा भनेपनि आँखा अनायासै रसाउदो रहेछ
अरुलाई त गरुञ्जेल मात्र रहिछ गर्न नसके आफन्त नै हुदैन रहिछन्
बिचलित हुन्न अब तिम्रो यादमा भनेपनि आँखा अनायासै रसाउदो रहेछ
सुखमा दुनिया हुदो रहिछन दुःखमा साथ त तिम्रो मात्र पाइदो रहेछ
माया दिने तिमी मात्र रहिछौ अरुले त पैसामा साटदा रहेछन्
बिचलित हुन्न अब तिम्रो यादमा भनेपनि आँखा अनायासै रसाउदो रहेछ !!!