रोटरी क्लव अफ बुटवल साउथले लकडाउनका बिचमा पनि तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । कोरोना भाईरस कोभिड–१९) को संक्रमण फैलिन नदिनकालागि जिल्ला प्रशासन कार्यालयले रुपन्देहीमा कलडाउन घोषणा गरेको छ । यसैकारण जम्मा हुने र समुहमा नाचगान गर्ने सांस्कृति पर्व तीज सुनसान बन्यो ।
नेपाली नारीहरुको महत्वपूर्ण पर्व हरितालिका तिजको आज (शुक्रबार) बिशेष अवसर पारेर रोटरी क्लव अफ बुटवल साउथले अनलाईन प्रविधिका माध्यमबाट सांस्कृतिक पर्व बिशेष तीज गीत प्रतियोगिता गरेको हो । जुम अनलाई प्रविधिको माध्यमबाट आयोजना गरिएको उक्त प्रतियोगितामा १५० जना भन्दा बढी सहभागि भएको क्लवका अध्यक्ष प्रेम भुर्तेलले जानकारी गराउनु भयो ।
यस क्षेत्रका १२ वटा रोटरी क्लवबाट प्रतियोगि सहभागि भएको उक्त प्रतियोगितामा बिशेष अतिथिको रुपमा रोटरी क्लवका डिष्ट्रिक गभर्नर राजिव पोखरेल, राष्ट्रिय सभा सदस्य गायिका कोमल वली र क्लवका एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ता सहभागि हुनु भएको थियो ।
प्रतियोगितामा रोटरी क्लव अफ कपिलबस्तु मिडटाउन प्रथम, रोटरी क्वल अफ तिनाउ बुटवल द्वितीय र रोटरी क्वव अफ रुपन्देही तृतीय भएको निर्णायक समितिका संयोजक देवी वाग्लेले घोषणा गर्नुभयो ।
त्यस अवसरमा बोल्दै डिष्ट्रिक गभर्नर राजिव पोखरेलले महामारीको सयममा पनि सांस्कृतिक कार्यक्रम बिशेष प्रतियोगिता गरेर ईच्छा शक्ति भए जस्तो विषम परिस्थितीमा पनि काम गर्न सकिन्छ भन्ने सन्देश दिएको बताउनु भयो ।
त्यस्तै राष्ट्रिय सभा सदस्य गायिका कोमल वलीले नेपाली नारीको दुःख सुख साट्ने पर्व तीज सांस्कृति पर्व भएको र यस्तो विषम परिस्थितीमा पनि सांस्कृतिक नगेर्ना गर्ने गरि क्लवले कार्यक्रम गरेर राम्रो काम गरेको उल्लेख गर्नुभयो । त्यस अवसरमा उहाँले तीन वटा गीत समेत प्रस्तुत गर्नुभएको थियो ।
एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ताले कोरोना महामारीको समयमा पनि क्लवले रचनात्मक कार्यक्रम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।
क्लवका अध्यक्ष प्रेम भुर्तेलले सांस्कृतिक कार्यक्रमको जगेर्ना गर्न तथा आपसी सद्भाव र भाईचार अभिबृद्धिकालागि समेत अनलाईन प्रविधिकै माध्यमबाट भएपनि कार्यक्रम आयोजना गरिएको जानकारी गराउनु भयो । कार्यक्रममा क्लवका संस्थापक आरसि आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने क्लवका हेल्थ समिति चियर प्रभा घिमिरेको स्वागत तथा उमन ईन रोटरी चियर बिष्णुमायाँ चिदी र सचिव शारदा पंगेनीको सञ्चालनमा कार्यक्रम भएको थियो ।