बुटवल । युवा सजगता (जागरण) अभियानले आफ्नो अभियानलाई देश व्यापी बनाउने क्रममा विभिन्न युवाहरुलाई मनोनयन गरेर जिम्मेवारी तोकेको छ । जस् अन्तर्गत प्रदेश नम्बर ५ को संयोजक मा रुपन्देहीका बिधार्थी नेता एवं कृषि विज्ञ डा.मुक्ति पौडेललाई तोकेको छ भने केन्द्रिय सदस्यमा विद्यार्थी नेताहरु विनोद घिमिरे, सरु बेलबासे , विजय गुरुङ लगाएतलाई मनोनयन गरिएको छ ।

अभियानका केन्द्रिय अध्यक्ष चिन्तन पौडेलले यो अभियानको थालनी गरेका हुन् । युवालाई शसक्तिकरण गर्ने र वैचारिक रुपमा पनि बलियो बनाउने अभियानको उदेश्य रहेको प्रदेश ५ का संयोजक डा. पौडेलले जानकारी दिए । हाम्रो अभियान युवा लक्षित हुनेछ भन्दै डा. पौडेलले भने “यसले युवालाई समूहमा मिलेर कसरी स्वावलम्बी बनाउने र स्वरोजगार मुलक बनाउने भन्नेमा केन्द्रित हुनेछ । ”