मुख्यमन्त्रीसंग प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल मिटिङ् : संक्रमण रोकथाममा केन्द्रीत

566

मुख्यमन्त्रीसंग प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल मिटिङ् : संक्रमण रोकथाममा केन्द्रीत

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल मिटिङ् भएको छ । उक्त अनलाईन बैठकमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको दोस्रो चक्र र शान्ति सुरक्षाको बिषयमा केन्द्रित रहेको मुख्यमन्त्री पोखरेलले जानकारी गराउनु भएको छ ।
बैठकमा भारत लगायत जिल्ला वाहिरवाट आउनेहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा वस्ने व्यवस्था पालिकास्तरमा मिलाउने, पिसिआर परिक्षणको दायरा बढाउने, लक्षण देखिएका संक्रमितलाई अनिवार्य रुपमा कोरोना अस्पतालमा पठाउने, भिडभाडहुने ठाउ र धेरै घुमफिर गर्ने व्यवक्तिहरु पहिचान गरी नमुना परिक्षणलाई तिव्रता दिने लगायतका कुरामा जोड दिईएको छ ।
त्यस्तैगरी कन्ट्रयाक्ट ट्रेसिङको कामलाई उच्च प्राथमिकता दिने, चाँडो रिजल्ट दिनेगरी प्रयोगशालासंग आवश्यक समन्वय गर्ने, भिटामिनको अभाव हुन नदिने र अभाव भएमा जिल्ला स्वास्थ्यले खरिद गर्ने व्यबस्था मिलाउने बिषयमा पनि छलफल भएको छ । त्यस्तै संक्रमित सबैलाई आइसोलेसनमा राख्नसक्ने गरी आइसोलेसन सेन्टरको व्यवस्था जिल्लास्तरिय सिसिएमसीले मिलाउने र त्यसको पूर्वाधार व्यवस्थापन खर्च प्रदेश सरकारले उपलब्ध गराउने पनि त्यस अवसरमा मुख्यमन्त्री पोखरेलले प्रमुख जिल्ला अधिकारीहरुलाई जानकारी गराउनु भएको थियो ।
सिमानाकावाट हुने आवत जावतलाई नियन्त्रण गर्ने तथा दशैंको समयमा बाहिरबाट आउनेहरुको लागि अहिले देखि नै व्यबस्थापन गर्ने, आपूर्ति व्यबस्थालाई सहज बनाउने तथा बजार अनुगमनको कामलाई प्राथमिकता दिने बिषयमा पनि बैठकमा छलफल भएको मुखयमन्त्री पोखरेलले बताउनु भएको छ ।
त्यस्तै सुरक्षा निकायले आफ्नै क्याम्प वा कार्यालयमा आईसोलेसनको व्यबस्था मिलाउने, बिरोमीको मनोबल उच्च राख्न बिशेष ध्यान दिने तथा रोगप्रतिरोधात्मक क्षमता बढाउन उचित खानपान र आहारविहारमा जोड दिने बिषयमा पनि छलफल भएको छ । यी सबै व्यबस्थापनमा कुनै समस्या भएमा तुरुन्तै प्रदेश सरकारलाई जानकारी गराउन पनि मुख्य मन्त्री पोखरेलले प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गर्नुभएको छ ।
प्रदेश पाँचमा तराईका रुपन्देही, नवलपरासी, कपिलबस्तु, दाङ्, बाँके र बर्दिया तथा र पहाडका पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान र रुकुम गरि १२ जिल्ला छन् । समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिएसंगै यसको त्रास पनि उत्तिकै बढेको छ ।