छोरा बिदेश, धनमाल सहित नातिनी टिपेर बुहारी फरार : खोजी गरिदिन ससुराको अनुरोध

1.3K

छोरा बिदेश, धनमाल सहित नातिनी टिपेर बुहारी फरार : खोजी गरिदिन ससुराको अनुरोध

श्रीमान बिदेश भएको मौका छोपेर श्रीमति अर्कैसंग हिडेको समाचार नौलो होईन । यस्तै घटना बुटवलमा फेरी घटेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरका भिमबहादुर खड्काले छोरा राजिव बिदेशमा भएको बेलामा बुहारीले धनमाल सहित नातिनी टिपेर फरार भएको भन्दै खोजी गरिदिन प्रहरीमा निवेदन दिनुभएको छ ।
बुहारीले छोराले बिदेशमा कमाई पठाएको तथा आफूसंग भएको नगद तथा धनमाल समेत लिएर गएकाले खोजी गरिदिन आग्रह गर्नुभएको हो । यहि भदौ ९ गते एकाबिहानै घरबाट बहिनीले छोरी जन्माएको र न्वारनकालागि कपिलबस्तुको कृष्णनगर जान घरबाट हिँडेकी बुहारीको अहिलेसम्म अत्तापत्तो नभएको भन्दै खोजीका लागि प्रहरीलाई गुहारेको बताउनु भयो ।
त्यस दिन बिहान एक्कासी नातिनी लिएर हिडेको देखेपछि आफूले सोधीखोजी गर्दा बहिनीले छोरी पाएको र न्वारनमा जान हिडेको बताएपछि छोरालाई सोधेर जान भिमबहादुर सुझाव दिनुभएको थियो, प्रतिउत्तरमा आफूले सोधेर हिडेको बुहारी सीता बगालेले बताएकी थिईन । छोरा राजिव बिदेश (कतार) गएको तीन वर्ष भयो । राजिव बिदेश गएपछि घरमा भिमबहादुर बुहारी (सीता) र नातीनी (सृष्टि) तीन जनाको परिवार बस्दै आएको थियो । बुहारीले घरमा व्यूटीपार्लर समेत सञ्चालन गर्दै आएकी थिईन ।
भारतीय आर्मीका रिटार्यर समेत रहेका भिमबहादुरले दुःख गरेर बिदेशमा पठाएको पैसा सुरक्षित गर्न आग्रह गर्दै घरखर्च समेत आफैले गर्दै आएकाले बिदेशबाट छोराले के कति कमायो, के कति बुहारीलाई पठाएको छ भन्ने कुरा आफूलाई थाहा नभएको बताउनु हुन्छ । बुहारी त्यसको २÷३ दिन अंगाडीसम्म बैंकमा काम छ भन्दै जाने र साँझ अबेर मात्रै आउने गरेको बताउँदै आफूले यस्तो महामारीको समयमा बाहिर धेरै घुमफिर नगर्न सुझाव समेत दिएको भिमबहादुर बताउनु हुन्छ ।
साँझ फर्किन्छु भनेर गएकी बुहारी राती अवेरसम्म पनि घरमा नफर्किएपछि फोन गर्दा मोवाईल अफ भएको र छोराले समेत आफूलाई फोन गरेर बुहारीको फोन अंघिल्लै दिनदेखि अफ रहेको भन्दै सोधीखोजी गरेपछि कपिलबस्तुको गोरुसिंगे रहेकी बुहारीकी बहिनीलाई फोन गर्दा आफ्नोमा दिदी नआएको बताएपछि अनेश आशंका उत्पन्न भएको प्रहरीलाई दिएको निवेदनमा उल्लेख गर्नुभएको छ । त्यसलगत्तै नातागोता सबैतिर खोजतलास गर्दा बुहारी तथा नातीनी समेत कतैपनि नभेटिएकाले खोजीका लागि सबैलाई आग्रह गर्नुभएको हो ।
ससुरा भिमबहादुरले प्रहरीलाई दिएको निवेदनमा बुहारी सीताले आफूले किनिदिएको लु २१ प १४०६ नं. को रातो स्कुटी, आफूले लजगाउँदै आएको सुनको सिक्रि सहित सहितका गहना, नातीनीको सुनको सिक्रि, हातको बाला, कानका मुन्द्रा, लगायतका गरगहना, आमा छोरीका लगाउने सबै लत्ताकपडा, तिनाउ मिसन बैंकबाट ८ लाख ५० हजार रुपैंया निकालेको, बुटवल अस्पताल लाईनको सिभिल मेडिकलबाट २ लाख लिएको, सृष्टिले पढ्ने बिद्यालयकी शिक्षिकासंग १ लाख १२ हजार रुपैंया लिएको, बुटवल कालिकानगर बस्ने केशव खड्कासंग ३० हजार रुपैंयाँ समेत लगेको बुझ्नमा आएको उल्लेख गरिएको छ ।
त्यस्तै बुहारीको नाममा रहेको नवलपरासी बर्दघाट चिसापानी भन्ने ठाउँमा रहेको घडेरी समेत बैंकमा धितो राखेर कर्जा लिएको भन्ने सुन्नमा आएकाले उहाँले उल्लेख गर्नुभएको छ ।