पोखरीमा डुवेर युवकको मृत्यु

491

पोखरीमा डुवेर युवकको मृत्यु

नुहाउने क्रममा पोखरीमा डुवेर रुपन्देहीमा १७ वर्षीय युवकको ज्यान गएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ५ का अनिद अहमदको १७ वर्षीय छोरा सदाव आलमको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सदाव घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुवेको र तत्कालै छिमेकीले देखेपछि युनिभर्सल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी गराउनु भयो ।