अर्थमन्त्री खतिवडा पदमुक्त हुँदै

अर्थमन्त्री खतिवडा पदमुक्त हुँदै

अर्थमन्त्री डा. युवराज खतिवडा पद मुक्त हुँदै हुनुहुन्छ । उहाँको ६ महिने कार्यकाल सकिन लागेकाले आगामी आईतबार सम्मका लागि मात्रै उहाँ अर्थमन्त्रीको रुपमा रहनुहुनेछ ।
प्रधानमन्त्री केपी ओलीको सरकारमा करिव साढे २ वर्ष काम गेरका खतिवडा संसदको सदस्य पद समाप्त भएपछि पनि थप ६ महिना अर्थमन्त्रीको रुपमा काम गर्नुभएको हो । राष्ट्रिय सभा सदस्यमा मनोनित नहुँदै अर्थमन्त्रीको जिम्मेवारी लिएका खतिवडाले २ वर्षे कार्यकाल सकिएलगत्तै गत फागुन २० गते अर्थमन्त्रीबाट राजिनामा दिनुभएको थियो । त्यसको भोलीपल्टै उहाँ पुन अर्थमन्त्रीमा नियुक्ति हुनु भएको थियो । संविधान अनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न मिल्दैन । संविधान अनुसार मन्त्री पदमा बस्न नमिल्ने भएकाले अर्थमन्त्री अबको २ दिन भित्रै राजिनामा दिने सम्भावना रहेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिने प्रयास गरेपनि पार्टी भित्रको शक्ति सन्तुलन ओलीको विपक्षमा छ भने पार्टी उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभामा जाने ईच्छा व्यक्त गर्नुभएको छ । जुन ६ महिना अंगाडी नै पार्टीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय समेत गरिसकेको थियो । आज दिउँसो तीन बजे बस्ने नेकपाको सचिवालय बैठकले यो विषयमा निर्णय लिने बुझिएको छ ।

Share This
  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares