कोरोना भाईरस नियन्त्रणकालागि सरकारले गरेको लकडाउनका कारण आर्थिक गतिबिधि अवरुद्ध भएको रुपन्देही उद्योग संघले बताएको छ । संघले बिहिबार प्रेस विज्ञप्ती जारी गरि आर्थिक गतिबिधि अवरुद्ध भएकै कारण चरम अभाव, भोक र व्यबसायिक तनाव बढेको बताएको हो । उसले कोरोना भाईरस नियन्त्रणकालागि लकडाउनलाई मात्रै निर्विकल्प माध्यम नबनाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।
कोरोना भाईरसको जोखिम लामो समयसम्म रहन सक्ने विश्व स्वास्थ्य संगठनले बताएकाले लकडाउनका विकल्प खोज्न र उद्योग व्यबसायलाई गति प्रदान गरि आर्थिक गतिबिधि चलायमान बनाउनकालागि संघले माग गरेको छ ।