मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

रुपन्देहीमा भएको सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. ६ का ४० वर्षीय समुजराम केवटको ज्यान गएको हो ।
शुक्रबार बिहान रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ५ तेलण्डिामा पर्ने लुम्बिनी कलौनी भित्री सडकमा लु १४ प ७९४४ नम्बरको मोटरसाईलक आफै अनियन्त्रित भई पल्टीदा घाईते भएका चालक समुजरामको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सोही मोटरसाईकलमा सवार ३५ वर्षीय गुडीया केवट घाईते भएको उनको भिम अस्पताल भैरहवामा उपचार भईरहेको र हात र खुट्टामा चोट लागेको उनको अस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी गराउनु भयो ।

Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares