वीपिको शालिकमा माल्यार्पण

वीपिको शालिकमा माल्यार्पण

नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोईरालाको शालिकमा माल्यार्पण गरिएको छ । वीपिको १०७ औं जन्मजयन्तिको अवसरमा नेपाली काँग्रेसले बुटवलको वीपि चोकमा रहेको वीपिको शालिकमा माल्यार्पण गरेको हो ।
नेपाली काँग्रेस बुटवल नगर समितिले आयोजना गरेको उक्त कार्यक्रममा स्थानीय नेता कार्यकताहरुको सहभागिता रहेको नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले जानकारी गराउनु भयो ।

महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण जोखिमका कारण अनौपचारिक रुपमा कार्यक्रम आयोजना गरिएको र यस्तो विषम परिस्थितीमा पनि वीपिको नीति र आदर्श प्रतिको अथाह आस्था र विश्वासका साथ नेता कार्यकर्ता सहभागि भएको नेपाली काँग्रेसले जनाएको छ ।

Share This
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares