अनलाईनबाट श्राद्ध गर्न आह्वान गरेको नगरपालिकाकै औद्योगिक ग्राम सिलान्यासमा जम्बोटोली

742

अनलाईनबाट श्राद्ध गर्न आह्वान गरेको नगरपालिकाकै औद्योगिक ग्राम सिलान्यासमा जम्बोटोली

हिन्दुहरुको पितृकर्म श्राद्ध समेत अनलाईन प्रविधिका माध्यमबाट गर्न आह्वान गरेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले औद्योगिक ग्राम सिलान्यासमा भने जम्बोटोली लगेर गरेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनकालागि तिलोत्तमा नगरपालिकाले सोह्र श्राद्ध समेत अनलाई प्रविधिको प्रयोग गरेर गर्न आग्रह गरेको थियो । तर नगरपालिका आफैले भने एउटा औद्योगिक ग्राम सिलान्यास गर्दा जम्बो टोली लगेको छ ।
संघीय सरकारले ल्याएको एक पालिका, एक औद्योगिक ग्रामको नीतिअनुसार वडा नं. १० सग्रहवामा रोहीणी नदि उकासको झण्डै १९ विगाहा क्षेत्रफलमा औद्योगिक ग्राम बनाउने काम अंगाडी बढाएको र सोही अनुसार बिहिबार नगरप्रमुख बासुदेव घिमिरेर र उपप्रमुख जोगेश्वरी चौधरीले संयुक्त रुपमा सिलान्यास गर्नुभएको हो । उक्त औद्योगिक ग्रामको डिपिआर तयार भईसकेको नगरप्रमुख घिमिरेले त्यस अवसरमा जानकारी गराउनु भयो ।
नगरवासीलाई श्राद्ध गर्न अनलाईन प्रविधि प्रयोग गर्न सूचना गर्ने नगरपालिका आफैले एउटा औद्योगिक ग्राम सिलान्यास गर्दा जम्बोटोली लिएर गर्नुले आफैलाई गिज्याएको छ । नगरवासीले नगरप्रमुखलाई प्रश्न गरेका छन्–‘श्राद्ध गराउन पण्डित आउँदा कोरोना सर्ने तर नगरप्रमुख आफैले जम्बो टोली लिएर औद्योगिक ग्राम सिलान्यास गर्दा कोरोना सर्दैन ?
यस बिषयमा तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले श्राद्ध तथा धार्मिक कामहरु मिल्छ सकिन्छ भने अनलाईन प्रविधीका माध्यमबाट गर्न आग्रह गरिएको र उक्त आग्रहलाई बाध्यकारी रुपमा नबुझ्न आग्रह गर्नुभयो । नगरपालिकाले सूचना जारी गरेपनि घरमै पण्डित बोलाएर पुजाआजा, श्राद्ध भईरहेको बताउँदै औपचारिकताका लागि गरिएको औद्योगिक ग्राम सिलान्यासको विषयलाई श्राद्धसंग जोडेर बिकास निर्माणको कामलाई ट्वीस्ट गर्न खोजीको उहाँको प्रत्यारोप छ । ‘नगरपालिकाले सूचना जारी गरेपनि पण्डितजीहरु घरमै गएर पुजाआजा श्राद्ध गराउनु भएकै छ ।’ उहाँले भन्नुभयो–‘बिकास निर्माणको कामलाई श्राद्धसंग जोडेर ट्वीस्ट गर्न खोजीएको हो ।’