पर्यटन तथा यातायात उद्योग सञ्चालनको वातावरण बनाउन बुटवल उद्योग वाणिज्य संघको माग

पर्यटन तथा यातायात उद्योग सञ्चालनको वातावरण बनाउन बुटवल उद्योग वाणिज्य संघको माग

पर्यटन तथा यातायात उद्योग सञ्चालन गर्ने वातावरण बनाईदिन बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले सरकारसंग आग्रह गरेको छ । संघले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईलाई पत्राचार गरि पूर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना गर्नेगरी यातायात तथा पर्यटन व्यबसायीलाई राहत प्रदान गर्न आग्रह गरेको हो ।
गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण यातायात तथा पर्यटन व्यबसाय पूर्ण रुपमा ठप्प हुँदा व्यबसायीहरु पलायन हुन थालेको र बैंक व्याज, घर भाडा, सरकारलाई बुझाउनु पर्ने कर, कर्मचारीलाई दिनुपर्ने तलव भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको औल्याउँदै सहज वातावरणकालागि संघले सरकारको ध्यानाकर्षण गराएको हो ।
संघका अध्यक्ष खिमबहादुर हमालद्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा पर्यटन तथा यातायात क्षेत्रमा लगानी गरेका व्यबसायीहरु मध्ये एक चौथायी व्यबसायी टाट पल्टी पलायन हुने अवस्थामा रहेका र बाँकी व्यबसायीहरु पनि बैंक तथा वित्तिय संस्थाहरुको सावा तथा व्याज, घर भाडा, कर, कर्मचारी तलव आदी भुक्तानी गर्न नसक्ने अवस्थामा पुगीसकेकाले अन्य क्षेत्रमा जस्तै गरि स्वास्थ्य मापडण्ड पालना गरेर आन्तरिक हवाई उडान, लामो तथा छोटो दुरीका यातायात सुचारु गर्नको विकल्प नभएको उल्लेख गरिएको छ ।
त्यस्तैगरी पर्यटन क्षेत्रलाई चलायमान गराउनका लागि आन्तरिक पर्यटन विशेष रणनीति तयार गर्न र पलायन भएका सम्पूर्ण पर्यटन तथा यातायात व्यबसायीहरुलाई पुनः सञ्चालनमा ल्याउनका लागि सरकारको वार्षिक बजेट तथा मौद्रिक नीतिमा घोषणा गरिएका सुविधा तथा व्यबस्था सहज रुपमा उपयोग गर्ने वातावरण मिलाईदिन मन्त्री भट्टराईलाई आग्रह गरिएको छ ।

Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares