बुटवलमा एकाएक हराएका सुद्धोधन गाउँपालिका वडा नं. ४ का विष्णुप्रसाद नेपालको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बुटवलको बसपार्क स्थित पार्कप्लाजा होटलबाट घरजान भनी राती सवा १२ बजे हिडेका बिष्णु घर नपुगेपछि परिवारले खोजी थालेका थिए ।
परिवारले खोजी गर्दा नभेटीएपछि प्रहरीलाई खवर गरेको र खोजी गर्ने क्रममा उनी सवार रहेको लु २० प ४०६७ नम्बरको मोटरसाईलक बुटवल उपमहानगरपालिका वडा नं. ६ स्थित १६/३६ नहरको छेउमा फेला परेको प्रहरीले जनाएको छ । यद्यपी विष्णु फेला नपरेपछि नहरमा बगेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
नहरमा समेत पानीको बहाब बढी भएको र खोजी कार्य जारी रहेपनि अझैसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो । उनी सवार भेटिएको मोटरसाईलक प्रहरीको नियन्त्रणमा रहेको पनि प्रहरीले जनाएको छ ।
बिहिबार राती परेको अविरल बर्षाका कारण रुपन्देहीको देवदह नगरपालिका वडा नं. ९ र १० मा पर्ने १० जनाको घरमा बाढी क्षेती पु¥याएको छ । शुक्रबार दिउँसो १२ बजेको समयमा भलुही र रोहीणी खोलामा आएको बाढी बस्तीमा पस्दा ती १० घरमा ७ लाख २० हजार रुपैंया भन्दा बढीको क्षेती पु¥याएको प्रहरीले जनाएको छ ।
उक्त बाढीले कमल कुवँर, टेकबहादुर लम्तरी, शेरबहादुर गोतामे, डिलबहादुर क्षेत्री, प्रेमबहादुर कुवँर, बिष्णुप्रसाद ज्ञवाली, ईन्द्रबहादुर जिसी, डिलबहादुर बस्नेत, खेम थापा र खगेन्द्रबहादुर लिम्बुको धनसम्पत्ति क्षेती पु¥याएको हो ।