मेघगर्जन, चट्याङ् सहित भारी वर्षाको सम्भावना

मेघगर्जन, चट्याङ् सहित भारी वर्षाको सम्भावना

आगामी शुक्रबारसम्म मेघगर्जन, चट्याङ् सहित भारी वर्षाको सम्भावना रहेको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आईतबार मौषम बुलेटिन जारी गर्दै हावाहुरीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर तर्फ सर्ने क्रममा नेपालको धेरै स्थानमा नेपालको धेरै स्थानमा मेघगर्जन र चट्याङ् सहितको वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको वुलेटिनमा उल्लेख गरिएको छ । महाशाखाका अनुसार आगामी सुक्रबार सम्म केही स्थानमा भारी तथा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको हो ।

Share This
  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares