गुल्मी घटनाको छानविन गरी दोषीलाई तत्काल कारवाही गर्न प्रदेश काँग्रेस संसदीय दलको माग

गुल्मी घटनाको छानविन गरी दोषीलाई तत्काल कारवाही गर्न प्रदेश काँग्रेस संसदीय दलको माग

जिल्ला प्रशासन कार्यालय गुल्मीले ज्ञापन पत्र बुझाउन गएको नेपाली काँग्रेसको टोली माथि गरेको दमनको नेपाली काँग्रेस प्रदेश सभा संसदीय दलले ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस प्रदेश संसदीय दलका नेता बिरेन्द्र कनोडीयाले मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै घटनाको यथार्थ छानविन गर्न र घटनाका दोषीलाई तत्काल कार्वाही गर्न सरकार समक्ष माग गर्नुभएको छ ।
स्थानीय मुद्धामा केन्द्रीत भएर प्रशासनमा ज्ञापन पत्र बुझाउन जाने क्रममा प्रहरी प्रशासनले अवरोध गरि नेपाली काँग्रेसको समुहमाथि दमन गरेको र प्रहरी प्रशासनको दमनबाट काँग्रेस गुल्मीका सभापति भुनवप्रसाद श्रेष्ठ, क्षेत्र नं. २ (क)का सभापति पूर्ण केसी लगायतका नेताहरु घाईते भएको नेपाली काँग्रेसले जनाएको छ ।
घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिज्ञप्तीमा भनिएको छ–‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्दा यो प्रकारको व्यवहार गरिएको विषयलाई नेपाली कांग्रेस संसदीय दल प्रदेश नं. ५ ले गम्भीरतापूर्वक लिएको छ ।’

Share This
  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares